(नियम ३९ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित)
नगरपालिकाको खर्चको वर्गीकरण र व्याख्या
क) चालू खर्च ः
यस अन्र्तगत सालबसाली रुपमा गरिने उपयोग खर्च, दैनिक रुपमा कार्यालय सञ्चालनका लागि आवश्यक खर्च, नगरपालिकाले सार्वजनिक हितको लागि प्रदान गर्ने सेवा तथा त्यस्ता सेवा प्रदान गर्ने निकायलाई दिइने सञ्चालन अनुदान, नगरपालिकाले लिएको ऋण तथा सापटी भुक्तानी खर्च, अदालत वा नेपाल सरकारको आदेशले गर्नु पर्ने फिर्ता खर्च जस्ता खर्चहरु पर्दछन । सामान्यतया एक वर्ष भन्दा कम
अवधि सम्म खप्ने वा रु एक हजार प्रति इकाई भन्दा कम मोल पर्ने एक वर्ष भन्दा ढी आयु भएका कार्यालय सामान खरीद खर्चलाई पनि चालू खर्चमै वर्गीकरण गरिन्छ ।
. उपभोग खर्च ः
उपयोग खर्च अन्तर्गत नगरपालिकाको सेवामा संलग्न पदाधिकारी तथा कर्मचारीको लागि प्रचलित कानून अनुसार प्रदान गरिने तलब, भत्ता, सरुवा, भ्रमण खर्च, खाद्य, पोशाक तथा औषधि उपचार खर्च तथा सेवा निवृत कर्मचारीहरुको लागि प्रदान गरिने उपदान, निवृत्तभरण र नगरपालिकाका कर्मचारीहरुको लागि वृत्ति विकास गर्न दिइने तालिम तथा गोष्ठी, कार्यशाला आदि खर्चहरु पर्दछन् ।
१.०१ तलव ः यस रकम भित्र देहायका खर्चहरु पर्दछन् ः–
१.०१.१ तलव कर्मचारी ः कानून बमोजिम नगरपालिकामा भर्ना गरिएका कर्मचारीहरुले सेवा गरे वापत पाउने
तलव, कर्मचारी संचयकोष थप, वार्षिक ग्रेड वृद्धि तथा प्रोत्साहित पुरस्कार सम्बन्धी खर्च । छोटो अवधिका लागि दरवन्दी स्वीकृत भएका पदमा काम गरेवापतको ज्याला खर्च, मेहनताना र पारिश्रमिक खर्च । संचित घर विदा र विरामी विदा, सट्टा विदा र तर सेवा करारमा लिईने सफाई तथा दमकल, एम्बुलेन्स, स्वास्थ्य क्लिनिक आदि सञ्चालनको लागि कर्मचारीलाई दिइने पारिश्रमिक सम्बन्धित शीर्षकमा नै खर्च लेख्नु पर्छ ।
१.०१.२ पदाधिकारी पारिश्रमिक ः नगरपालिकाका पदाधिकारीलाई नियमानुसार उपलब्ध गराउने पारिश्रमिक खर्च ।
१.०१.३ कर्मचारी कल्याण कोष ः नगरपालिकाको नियमावलीले तोके अनुसार वार्षिकरुपमा कर्मचारी कल्याण कोषमा जम्मा हुने रकम ।
१.०१.४ विमा प्रिमियम खर्च ः नगरपालिकाका विभिन्न सम्पत्ति तथा कर्मचारीहरुको स्वीकृत विमा वापत तिरिएको प्रिमियम खर्च ।
१.०२ भत्ता ः
१.०२.१ कर्मचारी भत्ताः कर्मचारीहरुलाई प्रदान गरिने दुर्गम स्थान भत्ता, अतिरिक्त समय भत्ता र सेवामा वहाल रहदा पाउने अशक्त वृत्ति ।
१.०२.२ पदाधिकारी भत्ता ः नगरपालिकाका पदाधिकारीहरुलाई नियमानुसार प्रदान गरिने भत्ता ।
१.०२.३ बैठक भत्ता ः कर्मचारी र पदाधिकारीलाई प्रदान गरिने नियमानुसारको बैठक भत्ता ।
१.०३ सरुवा भ्रमण खर्च तथा दैनिक भत्ता ः एक नगरपालिकाबाट अर्को नगरपालिकामा सरुवा भएको वा दरबन्दी यथास्थानमा
राखी काज सरुवा भएको कर्मचारी र निजले नियमानुसार लैजान पाउने परिवारको निर्धारित दरमा सवारी खर्च । त्यस्तै हवाई उडान कर, भ्रमण सम्बन्धी बीमा खर्च र नगरपालिकाबाट स्वीकृत भ्रमण सम्बन्धी फुटकर खर्च र नियमानुसारको दैनिक भत्ता ।
१.०४ पोशाक ः नगर प्रहरी तथा दमकलका कर्मचारी, विदेश जाने कर्मचारी एवं पदाधिकारी तथा नगरपरिषद्ले तोकेका अन्य कर्मचारीको लुगा भत्ता ।
१.०५ खाद्यान्य तथा आहार ः नगरपालिकाका कर्मचारीहरु (जस्तै सुरक्षा तथा प्रहरी र अन्य कर्मचारी) लाई नगरपरिषद्को निर्णय अनुसार नियमानुसार उपलब्ध गराउने खाद्य पदार्थको मोल र रसद वापत नगदमा दिइने खर्च । जनावर र पशुपंछीहरुको आहार सम्बन्धी खर्च ।
१.०६ औषधि उपचार ः नगरपालिकाका कर्मचारीलाई नियमानुसार दिइने औषधि उपचार वापतको खर्च र पदाधिकारीलाई स्वीकृत वजेटको परिधिभित्र रही परिषद्को निर्णय अनुसार दिइने उपचार खर्च ।
१.०७ सेवा निवृत्त सुविधा ः नगरपालिकाको सेवाबाट निवृत्त भएका कर्मचारीको उपदान खर्च, सेवा निवृत्त भए पछि पाउने अशक्त वृत्तिको खर्च ।
१.०८ तालिम कार्यक्रम खर्च ः नगरपालिकाका कर्मचारीको व्यक्तित्व विकास वा क्षमता वृद्धिका लागि दिइने तालिम, गोष्ठी, कार्यशाला सञ्चालन खर्च ।
२. कार्यालय सञ्चालन र सेवा खर्च ः यस अन्तर्गत कार्यालयको दैनिक सञ्चालनका निमित्त अत्यावश्यक खर्चहरु (जुन खर्च विनियोजन नहु“दा कार्यालय सञ्चालन गर्न सकिदैन) पर्दछन् । यसमा खास गरी धारा विजुली, सञ्चार खर्च, कार्यालय प्रयोजनका लागि आवश्यक मसलन्दहरु,
पत्रिका तथा पुस्तकहरु, हुलाक तथा कार्यालयका भौतिक सामानहरु जस्तै सवारी साधन, मेशीनरी औजार आदिका नियमित मर्मत खर्चहरु, भाडा, कार्यालय सञ्चालनका लागि लिइएका सेवाहरुका खर्च, इन्धन आदि पर्दछन् ।
२.०१ पानी तथा विजुली महसूल ः कार्यालय तथा आवास (कर्मचारी तथा पदाधिकारी) मा जडान भएको धारा तथा
विजुली प्रयोग गरे वापत तिर्नु पर्ने महसूल तथा जडान खर्च एवं यस सम्बन्धी सुविधा खर्च ।
२.०२ सञ्चार महसूुल ः टेलिफोन, टेलिग्राम, ट्रंकल, टेलेक्स, महसूल खर्च, वेभसाइट वापतको खर्च, कम्प्युटर, Çयाक्स प्रयोग गरे वापत तिर्नु पर्ने महसूल र यस्तै अन्य सञ्चार सम्बन्धी खर्चहरु एवं यस सम्बन्धी सुविधा खर्च ।
२.०३ कार्यालय सञ्चालन सम्बन्धी खर्च ः यस अन्तर्गत देहायका खर्चहरु पर्दछन् ः
(क) चिट्ठी, पार्सल, टिकट खर्च, रजिष्ट्ररी, फिर्ती रसिदको खर्च कुरियर खर्च ।
(ख) नगरपालिकाको सूचना, लिलाम, ठेक्कापट्टा, घटाघट, बढाबढ सम्बन्धी सूचना प्रकाशनको खर्च ।
(ग) बैंक दस्तुर क्षतिपूर्ति र अन्य यस्तै सेवा खर्च ।
(घ) सचिवालय÷कार्यालयको दैनिक प्रयोगमा ल्याइने कागज, खाम, फाराम, रेकर्ड फाइल, स्टेपलर, पन्चि· मेशिन जस्ता मेशिन र यिनका लागि चाहिने आवश्यक अन्य सामानहरु, कलम, मसी, पेन्सिल आदि जस्ता कार्यालय सम्बन्धी स्टेशनरी सामानहरुको मोल ।
(ङ) एक वर्षभन्दा कम टिकाउ हुने अरु कार्यालय मालसामानहरु र सुरक्षाका मेशिनरी औजारका लागि आवश्यक ससाना सहयोगी सामग्री आदिको खर्च । एक वर्ष भन्दा वढी टिकाउ हुने तर प्रति इकाई रु एक हजार भन्दा कम मूल्यका अरु कार्यालय मालसामानहरुको खर्च ।
(च) सचिवालय÷कार्यालयका लागि आवश्यक छपाइका खर्च ।
(छ) पत्रपत्रिका तथा कार्यालय प्रयोगका पुस्तक सम्बन्धी खर्च ।
(ज) नगरपालिकाका सामान जस्तै गाडी, मेशिनरी उपकरण, भवन आदिको वीमा खर्च ।
(झ) नगरपालिकाको प्रयोगको सामानको ढुवानी खर्च ।
२.०४ भाडा ः यस रकम भित्र नगरपालिकाका लागि भाडामा लिइएको घर, जग्गा, गोदाम, मेशिन, सवारी साधन तथा अन्य यस्तै पू“जीगत सम्पत्ति प्रयोग गरे वापतको भाडा खर्च पर्दछ ।
२.०५ मर्मत तथा संम्भार ः यस रकम भित्र सामान्यतया नियमित रुपमा विभिन्न किसिमका सामानहरुको मर्मत सम्भार गर्न चाहिने सामान र ज्याला खर्चहरु पर्दछन । जस्तै सवारी साधन, मेशिन, उपकरण, फर्निचर, घर तथा गोदाम आदिको मर्मत सम्भार खर्च । तर सवारी साधन वा मेशिनरीको आयु वृद्धि हुने गरी फेरिएको पाटपूर्जाको खर्च पू“जीगत खण्डको सम्बन्धित शीर्षकमा राख्नु पर्नेछ ।
२.०६ इन्धन तथा अन्य इन्धन ः यस अन्तर्गत देहायका रकमहरु पर्दछन ः–
२.०६.१ सवारी इन्धन पदाधिकारी ः नगरपालिकाको काममा प्रयोग हुने पदाधिकारीहरुको सवारीको निमित्त चाहिने इन्धन, लुब्रिकेन्टसको खर्च ।
२.०६.२ सवारी इन्धन कर्मचारी नगरपालिकाको काममा प्रयोग हुने नगरपालिकाका कर्मचारीहरुले प्रयोग गर्ने सवारीको निमित्त चाहिने इन्धन, लुब्रिकेन्टसको खर्च । तर सरसफाईको निमित्त प्रयोग हुने सवारी साधन, दमकल, एम्बुलेन्स, लगत इष्टिमेटमा परेको निर्माण सामग्री ओसार्ने सवारी साधन र हेभी मेशिनरीमा प्रयोग भएको इन्धन खर्च सम्बन्धित वजेट रकममा नै पर्दछ ।
२.०६.३ अन्य इन्धन ः प्रशासकीय कार्यमा प्रयोग हुने मट्टितेल, ग्यास, अन्य इन्धन खर्च र सवै प्रकारका व्याट्रीहरुको खर्च ।
२.०७ परामर्श तथा अन्य सेवा शुल्क खर्च ः यस अन्तर्गत देहायका खर्चहरु पर्दछन ः–
परामर्श शुल्क ः पू“जीगत निर्माण अन्तर्गत नपरेका वा त्यस्तो निर्माणस“ग सम्बन्धित नभएका अध्ययन
अनुसन्धान गराए वापतको खर्च, विशेषज्ञ, सल्लाहाकार आदिको पारिश्रमिक खर्च ।
२.०७.२ सरसफाई तथा अन्य सेवा शुल्क ः नगरपालिकाको सरसफाई सम्बन्धी कार्य करार सेवा मार्फत गराउ“दा लाग्ने खर्च ।
२.०८ विविध खर्च ः यस वजेट रकम भित्र देहायका खर्चहरु पर्दछन ः–
२.०८.१ सदस्यता शुल्क ः
राष्ट्रिय तथा अन्तराष्र्टि«य संघ संस्थाहरुलाई दिइने चन्दा तथा सदस्यता शुल्क ।
२.०८.२ आर्थिक सहायता नगरपालिकाका प्रमुखले नियमानुसार दिन पाउने आर्थिक सहायता ।
२.०८.३ पुरस्कार स्वीकृत कार्यक्रम र वजेट अनुसार नगरपालिकाबाट विभिन्न व्यक्ति, कर्मचारी वा संघ संस्थालाई प्रदान गरिने पुरस्कार खर्च
२.०८.४ परिषद् सञ्चालन खर्च ः नगर परिषद् सम्पन्न गर्दा लाग्ने स्वीकृत बजेट अनुसारको खर्च
२.०८.५ विविध खर्च ः नियमावलीको स्वीकृत परिधि भित्र रही खर्च गर्ने गरी विविध खर्च अन्तरगत देहायका खर्चहरु पर्दछन ः–
(क) स्वीकृत भएका मनोरञ्जन, प्रदर्शन, चियापान र भोजहरु सम्बन्धी खर्च ।
(ग) प्रतिनिधि मण्डलको स्वागत खर्च र अतिथि सत्कार खर्च ।
(घ) पर्व पूजाआजा खर्च ।
(ङ) नगरपालिकाका कर्मचारी तथा पदाधिकारीको भ्रमणको स्वीकृत भैपरी खर्च ।
(च) अन्य कुनै खर्च शीर्षकमा नपरेको विविध खर्च ।
३. अनुदान ः
३.०१ सार्वजनिक संस्थालाई अनुदान यस अन्तर्गत पू“जी निर्माणमा सघाउ नपु¥याउने तर आर्थिक तथा सामाजिक क्षेत्र
अन्तर्गत नगरपालिकाले उपलब्ध गराउनु पर्ने सेवा प्रदान गर्न विभिन्न ऐन अन्तर्गत गठित सार्वजनिक तथा स्वायत्त निकायलाई प्रदान गरिने सञ्चालन अनुदान र अन्य अनुदानका लागि गरिने खर्चहरु ।
३.०२ गा.वि.स.तथा नगरपालिकालाई अनुदान ः यस अन्तरगत कुनै नगरपालिकाले गा.वि.स.वा अर्को नगरपालिकालाई कुनै चालू अनुदान उपलव्ध गराएको अवस्थामा लेखिने खर्चहरु पर्दछन् ।
३.०३ सामाजिक संस्थालाई अनुदान ः यस अन्तर्गत नगरपालिकाको निर्णय बमोजिम विभिन्न सामाजिक तथा धार्मिक संघ संस्था, मठ मन्दिर, क्लबहरु, नागरिक समाज र निजी व्यवसायहरुलाई दिइने सञ्ंचालन अनुदान सम्बन्धी खर्चहरु पर्दछन् । यसका साथै शिक्षण संस्था, अस्पताल
आदि सेवामूलक संस्थाहरुलाई दिइने सञ्चालन अनुदानको रकम पनि सोही शीर्षकमा पर्दछन ।
३.०४ सामाजिक सुरक्षा अनुदान ः नगरपालिकाको आÇनै स्रोत वा नेपाल सरकारबाट वा अन्य संघ संस्था मार्फत उपलव्ध गराइएको स्रोतबाट नागरिकहरुलाई सामाजिक सुरक्षा वापत प्रदान गर्ने विभिन्न किसिमका वृद्ध, असाहाय, विधवा, सडक बालबालिका वा राज्यले दायित्व
व्यहोर्ने गरेका व्यक्तिहरुलाई प्रदान गरिने भत्ता तथा आर्थिक सहायता र वन्दीहरुको लागि दिइने खाना, सिदा, कपडा र अन्य सहुलियत एवं दैवी प्रकोप वा अन्य कारणले पिडित व्यक्तिहरुलाई दिइने क्षतिपूर्ति एवं मुआव्जा सम्बन्धी खर्च यस शीर्षक अन्तरगत पर्दछन् ।
४ सेवा खर्च ः
यस अन्तर्गत नगरपालिकाले सार्वजनिक हित पु¥याउन प्रदान गर्ने सेवास“ग सम्बन्धित खर्चहरु पर्दछन् । खास गरी उत्पादन गर्ने वस्तु वा सेवास“ग सम्बन्धित कच्चा पदार्थ, नगरपालिकाले सञ्चालन गरेको अस्पताल, स्वास्थ्य केन्द/उपकेन्द्र/ चौकीको सञ्चालन खर्च र यिनीहरु मार्फत वितरण गरिने स्वास्थ्योपचारका सामग्री, पाठ्यपुस्तक तथा खेलकुदका सामग्री, सार्वजनिक हितका लागि सञ्चालन गर्न लाग्ने तालिम, गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम सम्पादनका सिलसिलामा लाग्ने भ्रमणस“ग सम्बन्धित खर्च तथा तयार भै सकेका सार्वजनिक पूर्वाधारहरुको नियमित मर्मत संम्भार सम्बन्धी खर्चहरु पर्दछन् ।
४.०१ उत्पादन सामग्री ÷सेवा ः
कच्चा पदार्थ तथा अन्य मालसामान आदि खरीद गरी त्यसमा थप भएको श्रम तथा उत्पादनसंग सम्बन्धित अन्य खर्च समेत प्रत्यक्ष रुपमा समावेश भै उत्पादित वा प्राप्त सामान पछि बिक्री वितरण गर्दा नगद प्राप्त हुने खालका सामानको मूल्य जस्तैः नगरपालिकाले सञ्चालन गर्ने आयमूलक कार्यक्रमका लागि चाहिने उत्पादन सामग्री तथा सेवा प्राप्त गर्दा लाग्ने खर्च ।
४.०२ औषधि तथा अस्पताल सञ्चालन खर्च ः
नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गर्ने अस्पताल, प्राथमिक स्वास्थ्य केन्द«, आयुर्वेद औषधालय आदिको सञ्चालन खर्च तथा यस्ता निकायलाई प्रदान गर्न वा विरामीको उपचारमा प्रयोग हुने औषधि र औषधिजन्य वस्तु खरीद गर्दा लाग्ने खर्च ।
४.०३ पुस्तक तथा सामग्री ः
नगरपालिकाले निशुल्क रुपमा वितरण गर्ने पुस्तक, खेलकुद तथा शैक्षिक सामग्री, सार्वजनिक पुस्तकालय प्रयोजनको लागि खरीद भएको पुस्तकको खर्च पर्दछ ।
४.०४ कार्यक्रम खर्च ः
यस अन्तर्गत सार्वजनिक गोष्ठी, सार्वजनिक रुपमा दिइने आय आर्जन, शीप विकास, सशक्तिकरण, चेतना जागरण जस्ता तालिम सञ्चालन खर्च (सहभागीको भत्ता समेत) चेतनामूलक सूचना तथा विज्ञापन खर्च, सेवाग्राही वर्गलाई सेवा दि“दा लाग्ने स्रोत व्यक्तिको भत्ता, नगरपालिकाबाट सञ्चालित वा मठ मन्दिरहरुको पूजापाठ यज्ञ, जप आदि कामको लागि लाग्ने जस्ता खर्चहरु पर्दछन् ।
४.०५ कार्यक्रम भ्रमण खर्च ः यस अन्तरगत देहायका खर्चहरु पर्दछन ः–
४.०५.१ कार्यक्रम भ्रमण खर्च पदाधिकारी ः
नगरपालिकाको कामको सिलसिलामा स्वदेश तथा विदेशमा भ्रमण गर्नु पर्दा वा कार्यक्रम कार्यान्वयनको सिलसिलामा काममा खटि“दा नगरपालिकाका पदाधिकारीहरुकोलागि लाग्ने भ्रमण तथा दैनिक भत्ता खर्च ।
४.०५.२ कार्यक्रम भ्रमण खर्च कर्मचारी ः
नगरपालिकाको कामको सिलसिलामा स्वदेश तथा विदेशमा भ्रमण गर्नु पर्दा वा कार्यक्रम कार्यान्वयनको सिलसिलामा काममा खटि“दा नगरपालिकाका कर्मचारीहरुको लागि लाग्ने भ्रमण तथा दैनिक भत्ता खर्च ।
४.०६ निर्मित सार्वजनिक सम्पत्तिको सम्भार खर्च ः
यस अन्तर्गत नगरपालिकाद्वारा निर्माण भएका सार्वजनिक सम्पत्ति जस्तै सडक, पूल, हर, विद्युत गृह, भवन आदिको नियमित मर्मत सम्भार खर्च तथा त्यस्ता सम्पत्तिको वीमा खर्च समेत पर्दछ ।
४.०७ नगरको सरसफाई तथा फोहोर मैला व्यवस्थापन खर्च ः
नगरपालिका क्षेत्रमा गरिने सरसफाई तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी कार्यमा लाग्ने सेवा करार खर्च तथा अन्य खर्चहरु ।
४.०८ दमकल तथा एम्बुलेन्स सञ्चालन खर्च ः
नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गर्ने दमकल तथा एम्बुलेन्स सञ्चालन खर्च तथा सो कार्यमा सम्लग्न कर्मचारी सम्बन्धित खर्च र यस सम्बन्धी अन्य खर्चहरु ।
४.०९ सडक बत्ती महशुल खर्च ः
नगर क्षेत्रमा राखिएका सडक बत्तीको महशुल खर्च ।
९.०१ भैपरी आउने ः
नगरपालिकाबाट वजेट तर्जुमा गर्दा किटानीसाथ खर्च शीर्षक तोक्न सम्भव नभएका रकमहरु वजेट तर्जुमा प्रयोजनका लागि मात्रै यस शीर्षकमा प्रस्ताव गर्न सकिनेछ । तर खर्च गर्दा बा“डफा“ड गरी सम्बन्धित शीर्षक अन्तर्गत नै पारी खर्च गर्नु पर्दछ । यो खर्च शीर्षकबाट सिधै निकासा दिन वा खर्च गर्न मिल्दैन ।
११ व्याज भुक्तानी ः यस अन्तर्गत नगरपालिकाले प्राप्त गरेको आन्तरिक तथा वैदेशिक ऋणको व्याज भुक्तानी सम्बन्धी खर्च पर्दंछ ।
११.०१ आन्तरिक ऋणको व्याज भुक्तानी ः यस अन्तर्गत आन्तरिक ऋणको व्याज भुक्तानी सम्बन्धी खर्च पर्दछ ।
११.०२ वा≈य ऋणको व्याज भुक्तानी ः
यस अन्तर्गत वैदेशिक ऋणको व्याज भुक्तानी सम्बन्धी खर्च पर्दछ ।
१२ फिर्ता खर्च ः
यसमा अदालतको निर्णय वा नेपाल सरकारको आदेशद्धारा फिर्ता गर्नु पर्ने कर तथा अन्य फिर्ता रकम सम्बन्धी खर्चहरु पर्दछन् ।
ख) पू“जीगत खर्च ः
यस अन्तर्गत नगरपालिकाको पू“जी निर्माण तथा पू“जी ट्रान्सफर सम्बन्धी खर्च तथा पू“जी निर्माण गर्ने गरी विभिन्न निकायहरुलाई प्रदान गर्ने पू“जीगत अनुदान तथा व्यवसायिक क्षमता अभिवृद्धि गर्न नगरपालिकाबाट गरिने शेयर तथा ऋण लगानी सम्बन्धी खर्चहरु पर्दछन । यस अन्तर्गतका विभिन्न शीर्षकबाट चालू खर्च शीर्षकहरुमा रकमान्तर गर्न पाइने छैन ।
५ पू“जी टान्सफर खर्च ः
५.०१ जग्गा खरीद ः
नगरपालिकाले जग्गा खरीद र अधिग्रहण गर्दा लाग्ने खर्च र सो वापतको मुआब्जा तथा करहरु ।
५.०२ भवन खरीद ः
नगरपालिकाले तयारी भवन र त्यसले चर्चेको जग्गा समेत प्राप्त गर्दा लाग्ने खर्च र सो वापतको मुआाब्जा र करहरु । तर नया“ भवन निर्माणको खर्च यसमा समावेश हुदैन ।
६ पू“जी निर्माण खर्च ः
६.०१ फर्निचर ः
नगरपालिकाको प्रयोजनको लागि खरीद भएको फर्निचरहरुको मोल र यस सम्बन्धी ढुवानी भाडा, बीमा, कर, भन्सार आदि खर्च ।
६.०२ सवारी साधन ः
सवारीका साधनहरु (जस्तै जीप, मोटरकार, बस, ट्रक, मोटर साईकल, स्कूटर, साईकल, ढुवानी सम्बन्धी काम गर्ने ट्याक्टर, गाडा तान्ने जनावरहरु, वयल र घोडा आदि) को मोल । सवारी साधनको इञ्जिन नै वदलि मर्मत गरेमा सो को मोल र सवारी साधन वा इञ्जिन झिकाउ“दा लागेको भाडा भरौट, कर, भन्सार वीमा आदि खर्चहरु ।
६.०३ मेशिनरी औजार तथा अन्य उपकरण ः
विभिन्न किसिमका भारी मेशिनहरु, खेती सम्बन्धी मेशिन र औजारहरु, ट्याक्टर (ढुवानीको काममा प्रयोग हुने वाहेक) जेनेरेटर, टा«न्सफरमर, कारखानाको सामान, निर्माण सम्बन्धी मेशिन, सञ्चारका सामान, वैज्ञानिक यन्त्र र सामान, नाप तथा तौलको सामान, तस्वीर खिच्ने सामान, प्राविधिक ड्राÇटी· सम्बन्धी सामान, कार्यालय मेशिन र औजारहरु जस्तै टाइपराइटर, मिमिओग्राफ, कम्प्युटर, प्रिन्टर आदि मेशिन र औजारको मूल्य । साथै यस्ता मेशिन औजारहरुको मुख्य भाग नै वदली मर्मत गर्नु परेमा सो को खर्च । यी सबैंको लागि आवश्यक भाडा भरौट
शुल्क, कर, वीमा आदि खर्चहरु यसै गरी नगरपालिकाकालागि आवश्यक पर्ने एक वर्ष भन्दा वढी टिकाउ हुन सक्ने खालका देहायका सामानको मोल पर्दछन् ः–
क) हिटर, पंखा, टेलिफोन सेट, क्यालकुलेटि· मेशिन, चेक राइटर, विजुलिको मिटर, टर्चलाइट, टेलिफोन, आकाशवाणी तथा रेडियो, टेलिभिजनका लागि आवश्यक पर्ने सानातिना प्राविधिक सामानहरु आदि ।
ख) कृषि औजार, पशु चिकित्सा सम्बन्धी सानातिना मालसामान, ड्रइङ, डिजाइन लगायतका प्राविधिक सामान आदि । तर प्रति इकाई एक हजार रुपैया“ भन्दा कम मूल्यका सामान खरीद गर्नु परेमा खर्च शीर्षक संकेत नम्बर २.०३ बाट खर्च लेख्नु पर्नेछ । यस्तो सामानको
प्रयोग कहा“ भएको छ भनी स्पष्ट देखिने गरी लगत राख्नु पर्नेछ ।
६.०४ भवन निर्माण ः
यस अन्तर्गत नगरपालिकाले निर्माण गर्ने विभिन्न किसिमका भवन, गोठ र टहराको निर्माण गर्दा लाग्ने निम्न अनुसारको सवै खर्च पर्दछ ः–
(क) निर्माण सम्बन्धी लागत खर्च ।
(ख) भैरहेको भवनको कोठा तला थप गर्ने खर्च ।
६.०५ सार्वजनिक निर्माण खर्च ः
यस रकम भित्र नगरपालिकाबाट निर्माण गरिने भवन वाहेकका अन्य सम्पूर्ण निर्माण र पू“जीगत सुधार सम्बन्धी खर्च पर्दछन् । जस्तै सडक, पुल, रोपवे, हवाई मैदान, सञ्चार, विद्युत, पानी, नहर, वन, खानी सम्बन्धी आयोेजना, आदिको खर्च । साथै देहायका खर्च समेत यसमा समावेश हुनेछन् ः
(क) निर्माण सम्बन्धी लागत खर्च ।
(ख) निर्माण कार्यसंग प्रत्यक्ष सम्बन्धित इन्धन खर्च ।
(ग) नर्सरी निर्माण र वृक्षारोपण जस्ता खर्च ।
६.०६ पू“जीगत सुधार खर्च ः
यस अन्तर्गत भैरहेको भवन वा पू“जीगत संरचनाको आयु थप हुने गरी गरिने खर्चहरु पर्दछन् । तर संरचनाको क्षमता थप गर्ने वा भएको आकार वा लम्वाई थप गर्न लाग्ने खर्च भवन सम्बन्धी भए ६.०४ र पू“जीगत निर्माण सम्बन्धी भए ६.०५ मा समावेश गर्नु पर्दछ । उदाहरणको लागि ५० कि.मि. लामो भैरहेको सडकको स्तर वृद्धि गर्ने खर्च यस शीर्षकमा पर्दछ भने सो सडकको लम्वाई १० कि.मि. थप गर्नु पर्दा लाग्ने खर्च भने ६.०५ मा पर्दछ ।
६.०७ अध्ययन तथा पू“जीगत प्राविधिक परामर्श सेवा खर्च ः
यस अन्तर्गत निम्नानुसार खर्च पर्दछन् ः–
(क) सम्भाव्यता अध्ययन खर्च ।
(ख) सर्वेक्षण, डिजाइन, ड्रइ· खर्च ।
(ग) अन्वेषण उत्खनन र अनुसन्धान सम्बन्धी खर्च ।
(घ) निर्माण कार्यको सुपरिवेक्षण गर्ने कामको प्राविधिक परामर्श सम्बन्धी खर्च ।
(ङ) नगरपालिकाको उत्थान र विकास सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान सम्बन्धी खर्च लगानी ः
यस अन्तर्गत नगरपालिकाबाट सार्वजनिक संस्थान तथा अन्य निकायहरुमा गरिने शेयर तथ ऋण लगानी पर्दछ ।
७.०१ शेयर लगानी ः यस अन्तर्गत नगरपालिकाबाट गरिने शेयर लगानी सम्बन्धी खर्च पर्दछ ।
७.०२ ऋण लगानी ः यस अन्तर्गत नगरपालिकाबाट गरिने ऋण लगानी सम्बन्धी खर्च पर्दछ ।
८ पू“जीगत अनुदान ः
पू“जीगत प्रकृतिका काम गर्न पू“जीगत सम्पत्ति, पूर्वाधार संरचना आदि निर्माणका लागि नगरपालिकाको निर्णय वा प्रचलित कानूनद्धारा उपलब्ध गराउनु पर्ने अनुदानहरु यस अन्तर्गत पर्दछन् ।
८.०१ सार्वजनिक संस्थालाई अनुदान ः
यस अन्तर्गत फर्निचर, सवारी साधन, मेशिनरी औजार, भवन तथा जग्गा खरीद, भवन तथा सार्वजनिक निर्माण र सेवा तथा सामग्री उत्पादन वापत सार्वजनिक संस्थान, आर्थिक क्षेत्रका समिति, बोर्ड आदिलाई दिईने अनुदान सम्बन्धी खर्चहरु पर्दछन् ।
८.०२ गा.वि.स.र नगरपालिकालाई अनुदान ः
यस अन्तर्गत नगरपालिकाले गा.वि.स.र नगरपालिकालाई फर्निचर, सवारी साधन, मेशिनरी औजार, भवन तथा जग्गा खरीद, भवन तथा सार्वजनिक निर्माण र सेवा तथा सामग्री उत्पादन वापत दिइने अनुदान सम्बन्धी खर्चहरु पर्दछन् ।
८.०३ सेवामूलक संस्थालाई दिइने अनुदान ः
नगरपालिकाले विभिन्न सेवा मूलक वा सामुदायिक संस्थाहरुलाई यस अन्तर्गत फर्निचर, सवारी साधन, मेशिनरी औजार, भवन तथा जग्गा खरीद, भवन तथा सार्वजनिक निर्माण र सेवा तथा सामग्री उत्पादन वापत सामाजिक क्षेत्रमा कार्यरत शिक्षण संस्थाहरु, अस्पताल, कानूनद्धारा गठित अन्य सामाजिक संस्थाहरुलाई दिइने अनुदान सम्बन्धी खर्चहरु पर्दछन् ।
९.०२ भैपरिआउने ः
नगरपालिकाबाट वजेट तर्जुमा गर्दा पू“जीगत खर्चको लागि किटानीसाथ खर्च शीर्षक सम्भव नभएका रकमहरु वजेट तर्जुमा प्रयोजनका लागि मात्रै यस शीर्षकमा प्रस्ताव गर्न सकिनेछ । तर खर्च गर्दा बा“डफा“ड गरी सम्बन्धित खर्च शीर्षक अन्तर्गत नै पारी खर्च गर्नु पर्दछ । यो खर्च शीर्षकबाट सिधै निकासा दिन वा खर्च गर्न मिल्दैन ।
१० सा“वा भुक्तानी ः
यस अन्तर्गत नगरपालिकाले प्राप्त गरेको आन्तरिक तथा वैदेशिक ऋणको सा“वा भुक्तानी सम्बन्धी खर्च पर्दंछ ।
१०.०१ आन्तरिक ऋणको सावा“ भुक्तानी ः
यस अन्तर्गत नगरपालिकाले विभिन्न स्वदेशी संघ संस्था वा निकायबाट प्राप्त गरेको आन्तरिक ऋणको सा“वा भुक्तानी सम्बन्धी खर्च पर्दछ ।
१०.०२ वा≈य ऋणको सा“वा भुक्तानी ः
यस अन्तर्गत नगरपालिकाले प्राप्त गरेको वैदेशिक ऋणको सा“वा भुक्तानी सम्बन्धी
खर्च पर्दछ ।